काठमाडौं । भारतका सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले पोखराको भ्रमण गरेका छन् । पोखरास्थित पेन्सन भुक्तानी कार्यालयको फराकिलो चउरमा भेला भएका नेपालमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिकको ठूलो ¥यालीलाई सम्बोधन गरेका हुन् ।
उक्त समारोहमा उपस्थित वीरता पुरस्कार विजेता एवम् वीर नारीलाई सम्मान गर्दै उनीहरुसँग जनरल उपेन्द्र द्विवेदी र सेना पत्नी कल्याण संघ (भारतीय सेना) की अध्यक्ष सुनीता द्विवेदीले कुराकानी गरे ।
भारतीय सेना प्रमुखले गोर्खा सैनिकहरुको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति समर्पित सेवालाई सलाम गरे ।
जनरल उपेन्द्र द्विवेदी पछि पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको भ्रमण गरी पृतनापति उपरथी सन्तोष बल्लभ पौड्याल र उनका स्टाफ अफिसरहरुसँग अन्तरक्रिया गरे ।
तपाईको प्रतिक्रिया