जनकपुरधामका निजि शैक्षिक संस्थाको समस्या समाधान गर्न आग्रह

समाचार

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामका निजि शैक्षिक सस्थाहरुको समस्या समाधान गर्न राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठले आग्रह गरेका छन् । निजि शैक्षिक संस्थाका संचालकहरुले केही दिनदेखि विद्यालय बन्द घोषणा गरेका छन् ।

जनकपुरधाम उप–महानगरपालिका र निजि शैक्षिक सन्चालक बीचको वार्ता पनि निष्कर्शविहीन भैइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले भनेका छन्, ‘हामीले सामन्य रुपमा बुझेको कुरा के हो भने विद्यार्थी संख्याको आधारमा निजि विद्यालयले पूर्ण छात्रवृत्ति दिने हो । र दिनु पनि पर्छ ।’

उनले उप–महानगरपालिकाले निर्देशिका बनाउनेतर्फ ध्यान दिनुपर्ने भन्दै यदि अहिलेसम्म बनेको छैन भने सरोकारबालाहरु समयमा समस्या समाधान गर्न जरुरी रहेको टिप्पणी गरेका छन् ।

‘नागरिक समाज, अभिभावकहरुले दबाब सिर्जना गरेको देखिदैन अहिलेसम्म । वर्तमान निर्वार्चित जनप्रतिनिधिहरुको भूमिका देखिदैन अहिलेसम्म ।’ उनले भनेका छन्, ‘मधेशको शिक्षा स्तरमा धेरै प्रश्नहरु उठिरहेको बेला हप्तौंसम्म विद्यालय बन्द रहनु सम्बन्धित सबै पक्षको गैरजिम्मेवार भुमिका चिन्ताजनक विषय हो ।’

नेता महासेठले सम्पूर्ण सरोकारबालाहरुलाई जिम्मेवारीपूर्वक समस्या समाधान गरि अगाडि बढ्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ