उपराष्ट्रपति यादवद्वारा गढीमाई मेलाको विधिवत शुभाराम्भ

समाचार

बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बारास्थित प्रसिद्ध शक्तिपीठ श्री गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को सोमबार विधिवत् शुभाराम्भ गरेका छन् ।

गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा पानसमा दियो बालेर मेलाको शुभाराम्भ गरेका हुन् ।

उक्त अवसरमा उपराष्ट्रपति यादवले धर्मपत्नि चम्पा देवी यादव र परिवारका अन्य सदस्यहरुसहित गढीमाई मन्दिरको दर्शन तथा पूजा आराधना गरे । उनले मन्दिरभित्र गढीमाईको विशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गरेका थिए ।

उपराष्ट्रपति यादवलाई मन्दिर परिसरमा पूर्व मन्त्री, पूर्व सांसद् , स्थानीय सुरक्षा अधिकारी, श्री गढीमाई पञ्चवर्षीय मेला संचालन तथा व्यवस्थापन मूल समितिका पदाधिकारीहरु, सम्बन्धित नगरपालिका तथा बाराका अन्य पालिकाका जनप्रतिनिधिहरु तथा उपस्थित श्रद्धालु भक्तजनहरुले स्वागत गरेका थिए ।

उपराष्ट्रपति यादवले श्री गढीमाई पञ्चवर्षीय मेलाको अवलोकन गर्नुका साथै मेलाको व्यवस्थापनबारे मूल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवसहितका पदाधिकारीहरु तथा सुरक्षाकर्मीहरुसंग चासो व्यक्त गर्दै मेलाको सफलताको कामना गरे । उनी सोमबार नै काठमाडौं फिर्ती भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ