जनमत पार्टीले माग्यो सभामुखको राजीनामा (विज्ञप्तिसहित)

समाचार

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको राजीनामा माग गरेको छ ।

जनमतका प्रवक्ता डा.शरदसिंह यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेको राजीनामा माग गरेका हुन् ।

जनमत पार्टीले आफ्नो समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पार्टीबाट साधारण सदस्यसमेतबाट कारबाही गरिसकेकोले उनको पद खारेज नगरेको प्रति आपत्ति जनाएको हो ।

संघीय संसद सचिवालयले अन्य दल तथा निकायको प्रभावमा तथा सभामुखको आफ्नो नातेदार वा समुदायको मान्छे कारबाहीमा पर्न लाग्यो भन्दैमा सो अधिकार क्षेत्र मिच्दै हदभन्दा बाहिर गएर निर्णय गरेको ठहर जनमत पार्टीको रहेको छ ।

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ