वैतनिक कानून व्यवसायीको भूमिका प्रभावकारी बनाउनुपर्ने : मन्त्री चौरसिया

समाचार

जनकपुरधाम । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय कुमार चौरसीयाले गरिब, विपन्न तथा आर्थिक रुपमा कमजोरका लागि रहेका वैतनिक कानून व्यवसायीको भूमिका प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

नर्वेजीयन सरकारको सहयोग तथा युएनडिपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाको आयोजनामा जनकपुरधाममा शुरु भएको प्रदेश स्तरीय कानूनी सहायता सम्मेलनको उद्घाटन गर्दै उनले कानूनमा समयानुकूल सुधारका लागि कानूनको संशोधन गर्न मन्त्रालयले गृहकार्य शुरु गरेको बताएका हुन् ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संविधान कुनै धार्मिक ग्रन्थ नभई गतिशिल दस्ताबेज भएकाले समय अनुसार संविधान संशोधन हुनुपर्ने आवश्यकतामा जोड दिए ।

उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश महेन्द्रनाथ उपाध्यायले कानूनी सहायताका लागि जिल्ला तथा विभिन्न तहका अदालतहरूमा रहनुभएका वैतनिक कानून व्यवसायीको भूमिकालाई बढाउन आवश्यक भएको बताए ।

मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता सुरेन्द्र महतोले कुनै पनि जनतालाई आर्थिक अभावमा कानूनी उपचार पाउनमा कठिनाइ नहोस् भन्नका लागि जिल्लादेखि सर्वोच्च अदालतसम्म वैतनिक कानून व्यवसायी राख्ने व्यवस्था भएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ