काठमाडौं । यूएईको राजधानी अबुधाबीमा रहेको नेपाली दूताबासको मधेशी एकता समाज यूएईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री नवलकिशोर शाहले यूएईका मधेशी बु्द्धिजीवी र श्रमिकहरुसँग अन्तरक्रिया गरेका थिए ।
यूएईका बिभिन्न क्षेत्रमा काम गरेर सफल बनेका मधेशी व्यवसायी, श्रमिक र बुद्धिजीवी हरूको सहभागिता रहेको कार्यक्रमको संचालन मधेशी एकता समाज का अन्तर्राष्ट्रिय संयोजक डाक्टर रबिन्द्र कुमार यादबले गरेका थिए ।
कार्यक्रमको मुख्य उद्देश्य मधेसका श्रमिकहरूको समस्या र उनिहरुका समस्यालाई समाधान गर्नेथियो। नेपाली श्रमिक हरुको लागी कस्ता योजनाहरू ल्याउन सकीन्छ त? भन्ने बिषयमा छलफल भएको र ती योजना नेपाल सरकारसम्म मन्त्री मार्फत पुर्याउनु रहेको आयोजकको भनाई थियो ।
कार्यक्रममा केही पीडित पक्षसंग पनि अन्तरक्रिया भएको थियो। पीडित हरुका अनुसार नेपालमा दलालहरूले ठूलो प्रलोभनमा पारी मोटो रकम अशुलेर विदेश पठाएको र यहां आऊँदा भनेजस्तो काम नमीलेको, कम्पनीको अत्याचार सहन नसकी कम्पनी छोड्न बाध्य भएको र आफुलाई नेपाल पठाईदीन मन्त्रि सामु पीडितहरुको आग्रह थियो ।
कार्यक्रममा बिभिन्न क्षेत्रका बुद्धिजीवी हरूले नेपाल सरकारले गाउँ– गाउँमा गएर जनचेतनामुलक कार्यक्रम गरी जनचेतना जगाऊन र कानुन विपरित सीधा साधा जनतालाई झुक्काई मोटो रकम असुली गर्ने दलाल र मेनपावर कम्पनीलाई कार्वाही गर्न नेपाल सरकारको ध्यान जावस् भनी मन्त्री मार्फत नेपाल सरकारलाई आग्रह गरेका थिए ।
मन्त्री शाहले पीडित हरूको समस्याले आफूलाई पनी पिंडा भएको र सबैकुरा मन्त्री परिषदमा उठाउने बताए ।
रातपछि दिन आएझैं दुःखपछि सुख आउने र असफलतापछि सफल पनि भइन्छ भन्दै मन्त्री साहले पीडितहरुलाई सान्त्वना दिएका थिए ।
कार्यक्रममा मधेशी एकता समाज, यु ए ई का अध्यक्ष धर्मेन्द्र गोहिवार यादव, महासचिव रोशन देव, न्यू योर्क युनिभर्सिटी आबु धाबीबाट कम्प्युटर ईन्जिनियरिङ् गरेका उत्तम मिश्रा, मधेशी उद्योगी व्यवसायी विनेश यादव, चार्टर्ड एकाउन्टेन्ट्स को पेशाबाट रेस्टुरेन्ट चेन मोमचा शुरू गर्ने जीबछ साह, बैंकिङ क्षेत्र की मधेशी महिला शवनम नाजÞ, दुई हप्ता देखि दूतावास को बाहिर भुइँ मै रात गुजारी राखेका श्रमिक हरु मनोज साह, सरोज शर्मा, कासिन्दर राम साथै राजदुतावास का श्रम काउन्सेलर, एनआरएन का महासचिव भुवन वाग्लेले आफ्ना कुरा राखेका थिए ।
मन्त्रालयकी ‘महिला सशक्तीकरण महाशाखाकी’ सहसचिव आभा श्रेष्ठ कर्ण लगायत नेपाली दुतावासका पदाधिकारी समेतको उपस्थिति थियो । बेलुका ६ देखी ८ बजे, दुई घन्टाको कार्यक्रममा ५२ जना उपस्थित थिए ।
तपाईको प्रतिक्रिया