राकेश यादव, रौतहट । देवाही गोनाही नगरपालिका वडा नम्बर २ स्थित लालबकैया खोलाको बाँध नजिक रहेको खाल्टोमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ ।
देवाही गोनाही नगरपालिका वडा नम्बर २ लक्ष्मिनिया करुनिया टोलमा लाल बकैया नदीले बाढीको समयमा बाँध भत्काएर बनाएको खाल्टोमा रहेको पानीमा डुबेर एकै साथ दुई जना नाबालकको मृत्यु भएको हो ।
मृत्यु हुने स्थानीय बौधिमाई नगरपालिका वडा नम्बर ५ कोपवा टोल बस्ने शेख मनाउलका करिब ३ वर्षीय एक छोरा र ६ वर्षीय अर्को छोरी सवाना खातुन रहेको प्रहरीले छ ।
लक्ष्मिनिया करुनिया टोल मामा घर गएको बेला लाल बकैया नदीको बाढीले भत्काएको बाँधको खोल्सीमा आइतबार साँझ करिब ६ बजेको समयमा माछा मार्न गएको क्रममा उनीहरुको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।
पन्ध्र दिन पहिला देवाही गोनाही नपा – २ लक्ष्मीनिया करुनिया मामाघर उनीहरू घुम्न आएको बुझिएको छ ।
तपाईको प्रतिक्रिया