बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियाको बाँसगढीमा थारु सांस्कृतिक केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
प्राचीन सृजनशील आदिवासी समाज रेडियो गुर्वावा एफएमले निर्माण गरेको यो भवन अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर उद्घाटन गरिएको हो।
स्थानीय टीकाराम पौडेलले दान दिएको डेढ कठ्ठा जग्गा, डेनमार्कका फ्लेमिङ टपसोयले उपलब्ध गराएको ५५ लाख रुपैयाँ, समाजको २६ लाख, लुम्बिनी प्रदेश सरकारको २० लाख, र बाँसगढी नगरपालिकाको १५ लाख रुपैयाँको सहयोगमा कुल १ करोड १६ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी हो ।
थारु समुदायको सांस्कृतिक पहिचानको प्रवर्द्धनका लागि यो भवन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया