काठमाडौं । देशको राजनीतिक र आर्थिक समस्याहरूको समाधानका लागि सामूहिक प्रयास आवश्यक छ। सातवटा संविधान जारी भइसकेको र दर्जनौँ सरकारहरू परिवर्तन भएर पनि नेपाल आज पनि एकदमै कठिन मोडमा उभिएको छ।
“स्वाभिमानपूर्ण जीवन” र “समृद्धिको यात्राको” आकांक्षा अझै अपूरा छन्। दशकौँदेखि नेपाली जनताले गरेको संघर्ष, आन्दोलन र उपलब्धिहरूका बाबजुद, देशको प्रगति अपूर्ण देखिन्छ।
यस पृष्ठभूमिमा, विभिन्न आन्दोलनहरू र नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरू एकसाथ भेला भई एक नयाँ अठोटको घोषणा गरेका छन्।
अभियानको उद्देश्य
अभियन्ता काशिन्द्र कविर भन्छन्, “आजको राजनीतिक परिदृश्य र नेताहरूको कामले नागरिकका आकांक्षाहरू पूरा गर्ने सम्भावना कमजोर देखिन्छ।” अर्का अभियन्ता डम्बर खतीवडाले जोड दिन्छन्, “प्रगतिशील, लोकतान्त्रिक र समावेशी सोच र प्रयासहरूको एकीकरणले मात्र नेपालको राजनीतिक, आर्थिक र सामाजिक विकासलाई समृद्ध बनाउन सक्छ।”
बैठकले निष्कर्ष निकालेको छ कि यो अभियानले लोकतान्त्रिक मूल्यहरूको अभ्यास, विकासवादी सोचको प्रवर्धन, समावेशी राज्य र समाजको निर्माण तथा प्रगतिशील परिवर्तनको रक्षा गर्नुपर्नेछ।
अभियानको दृष्टिकोण
यस अभियानले “स्वाभिमान” र “समृद्धि” लाई एक सिक्काका दुई पाटाको रूपमा लिन्छ। अभियन्ताहरूको भनाइ छ, “स्वाभिमान बिना समृद्धि असम्भव छ, र समृद्धि बिना स्वाभिमानको स्थापना पनि कठिन छ।”
प्रशान्त सिंह भन्छन्, “नागरिकको स्वाभिमान र समृद्धिले मात्र राष्ट्रलाई स्वाभिमानी र समृद्ध बनाउँछ। त्यसैले, स्वशासन र सुशासनको केन्द्रमा नागरिक हुनु आवश्यक छ। ‘एभयउभि ँष्चकत’ अर्थात् ‘नागरिक प्रथम’ सिद्धान्तले काम गरेको राज्यले मात्र सही स्वशासन र सुशासन ल्याउन सक्छ।”
अभियन्ता सरोज राय ले थप्छन्, “हामी विचार, स्रोत र नेतृत्वलाई संगठित गर्दै, हरेक नेपालवासीको स्वाभिमान र समृद्धिको संरक्षण र सम्बर्द्धन गर्न कटिबद्ध छौँ।”
अभियन्ता रायको अपिल
“नागरिक प्रथम” ले देशभरका समान सोच राख्ने नागरिकहरूलाई यो अभियानमा सहभागी हुन आह्वान गर्दछ। आइए, एकजुट भएर देशको समृद्धि र स्वाभिमानको यात्रा अघि बढाऔं।
कार्यक्रममा उपस्थिति
अधिवक्ता विकास ठाकुर, काशिन्द्र यादव, डम्बर खतिवडा, राम सुफल सदाई, अशोक श्रेष्ठ, जावेद एकवाल हैदर, अलाउदिन्न अन्सारी, टंककला तिमीलसिन्हा, मुमाराम खनाल, देवराज भारद्वाज, राहुल झा, आरती झा, सुनीता गुरूंग, मिलनकान्छा किराती, सन्तोष किशोर लाभ, सुशीलचन्द्र ठाकुर, सुरूची यादव, महुमीदिन आलम, प्रशान्त सिंह, सामाजिक अभियन्ता सरोज राय, आदि ।
तपाईको प्रतिक्रिया