काठमाडौं । तराई–मधेश केन्द्रित दलहरुबीच सहकार्यका लागि जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले वार्ता टोली गठन गरेका छन् ।
जप्रपाका अध्यक्ष त्रिपाठीले डा.शिवजी यादवको संयोजकत्वमा पूर्वमन्त्री ईश्वरदयाल मिश्र र मोहम्मद साबिर हुसेन सम्मिलित वार्ता टोली गठन गरेका हुन् ।
त्रिपाठीले सोमबार एक विज्ञप्ति जारी गरी देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख रहेको चिन्ता व्यक्त गर्दै भनेका छन्, ‘बिग्रिदो अर्थतन्त्र झन गिर्दो अवस्थामा छ तथा यो यो गति निरन्तर ह्रासोन्मुख छ । ग्रामीण जनजीवन आक्रान्त छ । ग्रामीण जनजीवन आक्रान्त छ । जनतामा रहेको आशावाद खस्किँदो अवस्थामा छ । नैराश्यता बढ्दो छ ।’
वस्तुत यस अवस्थाप्रति चिन्तित हुने राजनीतिक दलहरुबीच सहकार्यको आवश्यकता रहेको जनता प्रगतिशील पार्टीको ठहर छ ।
तसर्थ, जनता समाजवादी पार्टीका घटकहरु, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दलहरुलाई सहकार्य गर्न जप्रपाका अध्यक्ष त्रिपाठीले अनुरोध गरेका छन् ।
तपाईको प्रतिक्रिया