कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका–८ चप्परगाउँस्थित सडकमा अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको पिकअपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
लु.३ च ३३९५ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीया रीता भुसालकी छोरी ३ वर्षीया अप्सना भुसालको सोमबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको सिटि अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै ठक्करबाट घाइते भएकी रीताको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया