काठमाडौं । जनता समादवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले शासकको साम्प्रदायिक चरित्र खेलप्रेमीमा पनि देखिनुु दुखद् भएको बताएका छन् ।
एनपीएलको क्वालिफायर–२ अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा एक समुहद्वारा जनकपुर बोल्ट्सप्रति नश्लीय र साम्प्रदायिक व्यवहार देखाएको भन्दै उनले उक्त टिप्पणी गरेका हुन् ।
बस्नेतले भने, ‘मुलुकमा वर्गीय, जातीय, सामुदायिक, क्षेत्रीय, भाषिक, लैङ्गिकलगायतको विभेद विद्यमान छ । अरुको पहिचानप्रति अनुदार हुनु नै राज्यको मूल चरित्र बनेको छ ।’ यसको बाछिटा आम नागरिकमा पर्न थालेका हो कि भनी उनले आशंका व्यक्त गरे ।
खेलकुदले आपसी एकता, भाइचारा, सहयोग, सहिष्णुता अभिवृद्धि गर्ने काम गर्दछ । समाजलाई भावनात्मक रुपमा जोड्न सहयोग पुर्याउने खेलकुद जस्तो क्षेत्रका खेलप्रेमीमा अरुलाई निषेध गर्ने राष्ट्रवादको धङ्धङी देखिनु चिन्ताको विषय भएको उनले बताए ।
तपाईको प्रतिक्रिया