समाजवादी विद्यार्थी युनियनको महाधिवेशन चैत ७–८ गते भैरहवामा हुने

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपालको राष्ट्रिय महाधिवेशन आगामी चैत ७ र ८ गते भैरहवामा हुने भएको छ ।

काठमाडौंमा शनिबार समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय अध्यक्ष रमेशकुमार यादवको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

सो बैठकले केन्द्रीय समितिलाई महाथिवेशन आयोजक समिति बनाउने निर्णय गर्दै महाधिवेशनलाई भव्य रुपमा सफल बनाउनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको अध्यक्ष यादवले जनाएका छन् ।

बैठकमा प्रमुख बक्ताको रुपमा जसपा नेपालका केन्द्रीय महासचिव रामकुमार शर्मा, केन्द्रीय सचिव शैलेन्द्र साह, केन्द्रीय सदस्य एवं युवा, विद्यार्थी तथा खेलकुद बिभाग प्रमुख विदेश्वर प्रसाद यादव (बिक्की), उपप्रमुख कृष्ण शंकर साह, केन्द्रीय सदस्य सुरेन्द्र साह तथा केन्द्रीय सदस्य अशोककुमार यादवको विशेष उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ