पूर्वप्रदेश प्रमुख डा.अहिराजले गरे ४६औं पटक रक्तदान

समाचार

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले मंगलबार ४६औं पटक रक्तदान गरेका छन् ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित ब्लड बैंकको केन्द्रीय कार्यालयमा मंगलबार पूर्वप्रदेश प्रमुख डा.अहिराजले रक्तदान गरेका हुन् । उनले रक्तदान जीवन दान मान्यताका साथ नियमितरुपमा रक्तदान गर्दै आएका छन् ।

देशमा रगतको अभाव भइरहेको बेला नागरिकको जीवन रक्ताका लागि रक्तदान गर्नु सबै स्वस्थ नेपाली नागरिकको दायित्व रहेको उनले बताएका छन् ।

डा.अहिराजले भने, ‘कयौ अस्पतालमा मानिसहरु रगत अभावमा छटपटाइरहेका छन् । प्रसव वेदना क्रममा अत्याधिक रक्तश्राव कयौ महिला अहिले छटपटाइरहेको अवस्थामा छन् । यस्तो अवस्थामा कसैले थोरै मात्र रगत पाउने हो भने मात्र पनि उसको ज्यान बच्न सक्छ ।’

देशमा रगतको अभाव नहुन दिनका लागि खासगरी सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, नेता लगायतले रक्तदान गर्न थाले भने सर्वसाधारण नागरिकले पनि रक्तदान गर्न उत्प्रेरित हुने उनको धारणा थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ