काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले विश्व हिन्दी दिवस मनाएको छ ।
दूतावास परिसरमा आयोजित विश्व हिन्दी दिवसको अवसरमा प्रतिनिधिसभा सदस्य एवं हिन्दी मंच नेपालका अध्यक्ष मंगल प्रसाद गुप्ता, भाषा आयोगका अध्यक्ष डॉ. गोपाल ठाकुर, नेपाल संगीत र नाटक प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा, भारतीय दूतावास काठमाडौंकी काउंसलर (राजनीति र प्रेस सूचना एवं संस्कृति) गीतांजलि ब्रैंडन र अन्य विशिष्ट अतिथिहरु उपस्थित रहेका थिए ।
काउन्सलर गीताञ्जली ब्रैंडनले विश्व हिन्दी दिवसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएकी थिइन् । उनले विश्व हिन्दी दिवस हिन्दी बोल्नेहरुको समृद्ध भाषाई विरासत र सांस्कृतिक पहचानको स्मरण गराएको कुरामा जोड दिएकी थिइन् ।
उनले नेपालका हिन्दीप्रेमीहरु र विद्वानहरुको प्रति पनि हार्दिक आभार व्यक्त गरिन् । साथै उनले हिन्दी भाषाको प्रचार–प्रसारको माध्यमबाट नेपाल र भारतबीच मित्रताको बन्धन मजबूत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।
कार्यक्रममा काठमाडौंको कैयौं विद्यालयका छात्रछात्राहरुले हिन्दी कविता पाठ र नाटकहरुम भाग लिएका थिए, जहाँ छात्रछात्राहरुले धेरै गम्भीर विषयहरुमा कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कलाकार पनि सहभागी थिए ।
यस अवसरमा भारत–नेपाल मैत्री कवि सम्मेलन पनि आयोजित गरिएको थियो, जहां प्रतिष्ठित कविहरुले हिन्दी कविता पाठ गरेर स्रोताहरुलाई मन्त्रमुग्ध गरेका थिए ।
विश्व हिन्दी दिवसको आधार पहिलो विश्व हिन्दी सम्मेलन हो, जो १० जनवरी १९७५ को नागपुर, भारतमा आयोजित गरिएको थियो । त्यसैले विश्व हिन्दी दिवसमा प्रत्येक वर्ष १० जनवरीमा विश्वस्तरमा मनाइने गरिन्छ ।
तपाईको प्रतिक्रिया