कपिलवस्तु । सिद्धार्थ विद्या मन्दिर तौलिहवाले सिद्धार्थ स्काउट टुप्र दिक्षान्त समारोह तथा बसन्त पन्चमीको अवसरमा सरस्वती पुजा कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरुलाई स्काउटको सिप सिकाइ निश्चित तालिम दिएर अवधि सम्पन्न गरेका २४ जनालाई दिक्षित गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्यव समितिका प्रमुख बावुराम आचार्य, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला समन्यव इकाईका प्रमुख लोकराज मरासिनी लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्य्रककमा नेपाल स्काउटका राष्ट्रिय सुशासन तथा स्रोत विकास तथा वित्त आयुक्त गुनाखर गैरे, विद्यालयका संचालक टिकाराम अर्याल लगायतको सहभागिता रहेको थियो ।
शिक्षिका अम्बिका अर्यालको संचालनमा सम्पन्न समारोहमा अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमम बोल्ने वक्ताहरुले परोपकारी सेवा र अनुशासनका कुराहरु सिक्ने हुँदा स्काउटका आचारण अवलम्बन गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया