छिन्नमस्ताका अध्यक्ष चौधरीलाई सप्तरी र धनुषाका गाउँपालिका हेर्ने जिम्मा

समाचार

सप्तरी । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीलाई सप्तरी र धनुषा जिल्लाका सबै गाउँपालिकासँग समन्वय गर्ने जिम्मेवारी दिएको छ । चौधरी महासंघका केन्द्रीय सदस्यसमेत हुन् ।

गाउँपालिका राष्ट्रिय महासंघको माघ ६ र ७ गते बसेको बैठकले केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई देशभरका गाउँपालिकाहरुको समन्वय गर्ने जिम्मेवारी दिने निर्णय गरेको थियो ।

बैठकको सोही निर्णयअनुसार महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेले चौधरीलाई सप्तरी र धनुषा जिल्लाका गाउँपालिकाको समन्वय गर्ने जिम्मा दिएकी हुन् ।

जिम्मेवारी पाएका पदाधिकारी र सदस्यले स्थानीय सरकार सवालहरुमा महासंघ र स्थानीय सरकारहरुबीच संचार समन्वय तथा सहजीकरण गर्नेछन् ।

त्यस्तै महासंघको सदस्यता शुल्क संकलनलगायतमा समेत संयोजन गर्ने जिम्मेवारी पाएका पदाधिकारी र सदस्यले काम गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ