महोत्तरी । पालिका र वडाहरूबाट प्रदान गर्ने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पुरयाउने उद्देश्यले मटिहानी नगरपालिकाले बुधबारदेखि एकीकृत घुम्ती सेवा शिबिर प्रारम्भ गरेको छ ।
यसैबीच एक एक कार्यक्रम बिच मटिहानी नगरपालिका द्वारा संचालन गरिएको उक्त एकीकृत घुम्ती सेवा शिविरको मटिहानी नगरपालिकाका नगर प्रमुख (मेयर) हरि प्रसाद मण्डल र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको हो ।
मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले पालिका र वडाबाट प्रवाह हुने सेवा एकीकृत रूपमा जनतासामु पु¥याउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको र यसबाट जनताले पालिका र वड़ाबाट चाहिएको सेवा आफ्नो गाँउ टोलमैं प्राप्त गरी लाभान्वित हुने बिश्वास ब्यक्त गरे ।
माघ २३ गते देखि प्रारम्भ भएको सो सेवा पालिकाका ९ वटै वडाहरुमा क्रमशः सञ्चालन गरिनेछ ।
उक्त शिविरमा योजना सम्बन्धि अभिमुखीकरण, योजना समझौता, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङता परिचयपत्रको लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, माटो परीक्षण (कृषि कार्यका लागि) कृषि मीटर सिफारिस तथा तरकारीको मिनी किट वितरण, गोबर र गर्भ परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता लगायतका सम्पूर्ण सेवाहरु, स्वास्थ्य बिमा प्रदान गरिने नगर प्रमुख हरिप्रसाद मण्डलले बताए ।
नगर प्रमुख मण्डलको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा मटिहानी नगरपालिकाका ससस्त्र प्रहरीका एसपी विनोद केसी, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख सुदीप अधिकारी, उप–प्रमुख मंजू देवी साह, वडा नं. १, २, ३ र ९ का वड़ा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह, सम्पूर्ण शाखाका शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु, वड़ा सदस्यहरु, वड़ा सचिवहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया