करिब ६ सय किलो गाँजासहित एक जना पक्राउ

समाचार

महोत्तरी । भंगाहा नगरपालिका–६ मजरास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ६ सय किलोग्राम सहित एक जना पक्राउ परेका छन् ।

उदयपुर कटारी नगरपालिका–१ बस्ने २३ वर्षीय गणेश बहादुर विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट जमुनियाबाट खटिएको प्रहरीले बर्दिबासबाट जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको ४० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक गणेशलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ