हत्या अभियोगमा दुई जना पक्राउ

समाचार

बाँके । बैजनाथ गाउँपालिका–८ बस्ने २५ वर्षीय दिनेश रोकायाको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ बस्ने ३५ वर्षीय राम बहादुर राना र सोही गाउँपालिका–६ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

सोही गाउँपालिका–८ बिचलाईनस्थित विवाह कार्यक्रममा भएको बादबिबादको क्रममा उनीहरूले दिनेश समेत ६ जनालाई शुकबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका दिनेशको मेडिकल कलेज कोहलपुर हुँदै थप उपचारको लागि भारतको लखनउ पठाइएकोमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

साथै कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ