विद्यार्थीहरुद्वारा खाना महोत्सव आयोजना

समाचार

कपिलवस्तु । सिद्धार्थ विद्या मन्दिर बोर्डिङ स्कुल तौलिहवामा अध्ययनरत विद्यार्थीहरुले पढाईसँगै व्यावहारिक ज्ञान र सिप बढाउन शुक्रबार विद्यालय परिसरमा खाना महोत्सव गरेका छन् ।

पढ्न, लेख्न र खेलेर रमाउने उनीहरुले विद्यालयमा खानाका विभिन्न परिकार बनाई महोत्सव गरेका हुन् । विद्यालयमा यस्तो खाना महोत्सव गरेको तेश्रो वर्ष हो । महोत्सवअन्तर्गत बोडिङमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुले खानाको विभिन्न परिकार बनाई प्रर्दशन गरेका छन् ।

महोत्सवमा ८ समूहले विभिन्न खानाका परिकार बनाई प्रदर्शन समेत गरेका थिए । बोडिङ स्कुलका प्राचार्य विकास अर्यालले बिद्याथीहरुलाई सिप, सामुहिकता र व्यवस्थापनको ज्ञान दिन यो कार्यक्रम गरिएको बताए ।

उनले घरमा आफ्ना आमा बुवालाई समेत सघाउने गरी पाक शिक्षा तर्फ समेत अग्रसर रहन यो कार्यक्रमले भुमिका खेल्ने बताए । पढाईसँगै अतिरिक्त क्रियाकलापअन्तर्गत खाना महोत्सव गरिएको विद्यालयका संचालक तुलसा गैरले बताइन् ।

८ समुहले हिमाल, पहाड र ताराईका विभिन्न परिकारहरु बनाएका थिए । मुस्लिमको सेवाई, थारुको ढेकरी, फारा, नेवारको चुकौनी र यमरी, तराईको छोले भटुरे, रिकजच, पहाडको कोदो रोटी, बटुक लगातयका परिकार विद्यार्थीहरुले पकाएका थिए ।

पुलाउ, पनिरको तरकारी, पुरी, सल्लाद, भात, खिर, पापड, लालमोहन लगायतका परिकारहरु पकाएर प्रर्दशन गरेका थिए । उनीहरुले आवश्यक पर्ने भाडा कुडा, सामग्रीहरु आफै व्यवस्थापन गरेका थिए । समुह मिलेर विभिन्न परिकारहरु पकाएर अतिथि, विद्यालयका शिक्षकहरुलाई परिकारका स्वाद समेत चखाएका थिए । पाहुनाहरुले खाएपछि आफूले समेत खाएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता थियो । कार्यक्रममा सहभागी हुन पाउँदा विद्यार्थीहरु निकै खुशी देखिन्थे । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत पुनाराम पौडेल, बरिष्ठ साहित्यकार हरिराज शर्मा, पार्वती शर्मा, विद्यालयका संचालक टीकाराम अर्याल लगायतको सहभागिता थियो ।

टोलीले विद्यार्थीहरुले बनाएका खानाका परिकारहरु अवलोकन परिकारको स्वाद लिएका थिए । मेयर पौडेलले विद्यार्थीहरुको यो प्रयास अति राम्रो रहेको बताए । ‘विद्यार्थीहरुले सबै परिकारहरु मिठो बनाएका छन्, खाँदा आनन्द आयो’ उनले भने ।

सबै विद्यालयहरुको यस्ता रचनात्मक र ब्यवहारिक कुरा विद्यार्थीहरुलाई सिकाउनु पर्ने उनले बताए । प्रमुख प्रशकीय अधिकृत पौडेलले बिद्यार्थीहरुको बनाएको खाना निकै स्वादिलो रहेको बताए । उनले हिमाल पहाड र तराईका परिकारहरुको स्वाद लिन पाउदा मन आन्दीत भएको उनले बताए । बिजयी हुने टोलीलाई बिद्यालयले बार्षिक उत्सवमा पुरस्कुत समेत गरिने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ