राजविराज । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सप्तरीको पाँचौँ जिल्ला अधिवेशनबाट कृष्ण कुमार मण्डलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा रामप्रसाद चौधरी थारु, सचिवमा रामनाथ चौधरी थारु, सह–सचिवमा कमल प्रसाद मण्डल र कोषाध्यक्षमा जयन्ती सिंह दनुवार चयन भएका छन् ।
यसैगरी, समितिको सदस्यहरूमा भद्र कुमारी लामा तामाङ, चन्द्र बहादुर तामाङ, पूर्ण मगर, करुणा राई, रामसेवक मण्डल, मिलन लेखी थारु, दिपक सिंह दनुवार र सरोज राना मगर रहेका छन् ।
अधिवेशनले प्रिया सिंह थारु, बृजमान तामाङ र जितेन्द्र कुमार चौधरीलाई प्रदेश प्रतिनिधि चयन गरेको छ भने केन्द्रीय प्रतिनिधिमा डम्बर राईलाई चयन गरेको छ ।
तपाईको प्रतिक्रिया