अमेरिकामा मधेशी एकता समाज गठन

समाचार

काठमाडौं । गैरआवासीय मधेशीहरुको छाता संगठन मधेशी एकता समाज युनाइटेड स्टेट अफ अमेरिकामा पनि गठन भएको छ । मधेशी एकता समाजका संस्थापक डा.रवीन्द्र यादवले मधेशी एकता समाज यूएसएको आधिकारिक रूपमा गठन भएको जानकारी दिएका छन् ।

डा.यादवले भनेका छन्, ‘यो नयाँ संगठन हाम्रो समुदायको एकता, समृद्धि र सामाजिक उत्थानका लागि समर्पित छ । हाम्रो उद्देश्य मधेशी समुदायको हक र अधिकारको रक्षा गर्दै, हाम्रो पहिचान र संस्कृति को सम्मान गर्दै विभिन्न क्षेत्रहरूमा प्रगति गर्न हो ।’

युएसएको कार्यकारी समितिको नेतृत्वमा समुदायका प्रत्येक सदस्यलाई समेटे संगठनलाई थप बलियो र प्रभावशाली बनाउन प्रतिबद्ध रहेको उनले जनाए । उनले भने, ‘हामी तपाईंलाई यो प्रयासमा सामेल हुन र हाम्रो समुदायलाई अझ समृद्ध र सशक्त बनाउन सहयोग गर्न आमन्त्रित गर्दछौं ।’

मधेशी एकता समाज यूएसए कार्यकारी समितिका अध्यक्ष अनील साह (टेनेसी), वरिष्ठ उपाध्यक्ष संजय जयमिरे (टेक्सास), उपाध्यक्ष (अन्तर्राष्ट्रिय) शशी यादव (टेक्सास), उपाध्यक्ष (राष्ट्रिय) प्रो. मनोहर साह (उत्तर डकोटा), महासचिव सुजित झा (टेक्सास), सहसचिव अब्दुल हवारी (टेक्सास), कोषाध्यक्षः कृष्ण यादव (अस्टिन), प्रवक्ता आशिष झा (कोलोराडो) र प्रमुख प्रविधि अधिकारी बिबेक गुप्ता (टेक्सास) रहेका छन् ।

यसैगरी, कार्यकारी सदस्यहरू सन्तोष यादव (बोस्टन), अनुषा यादव (अस्टिन), डा. संबु यादव ( टेक्सास), बसन्त साह (फ्लोरिडा), जितेन्द्र साह (ओक्लाहोमा), अंबिका साह (टेनेसी), राकेश कुमार गुप्ता (क्यान्सस), विकास जायसवाल (अलाबामा) र राजेश कुमार यादव (टेक्सास) रहेका छन् ।

त्यस्तै, सल्लाहकारहरू दिपेश वर्मा, डा. उमेश यादव, रामकृष्ण यादव, राकेश यादव, देवेन्द्र यादव, हेमन्त झा, संजय यादव र राजीव यादव रहेका छन् ।

मधेशी एकता समाज युएसए टेक्सास च्याप्टर समितिको गठन र सन्देश

हामी मधेशी एकता समाज युएसए टेक्सास च्याप्टरको नयाँ समितिको घोषणा गर्दै यो महत्वपूर्ण अवसरमा सम्पूर्ण समुदायलाई अवगत गराउन चाहन्छौं। यस समितिको उद्देश्य हाम्रो मधेशी समाजको सशक्तिकरण, शिक्षा, संस्कृति र सामाजिक सेवामा योगदान पुर्याउनु हो। हाम्रो उद्देश्य समुदायको समस्याहरूको समाधान गर्नु र समाजलाई अझ एकजुट र समृद्ध बनाउनु हो।

तल नयाँ समितिको संरचना उल्लेख गरिएको छः

१. अध्यक्षः बचेलाल यादव
२. वरिष्ठ उपाध्यक्षः अनु यादव
३. उपाध्यक्षः भोपाल साह
४. महासचिवः अनिल राजभर
५. सह सचिवः अंकेश यादव
६. कोषाध्यक्षः मनिष मिश्रा
७. महिला समन्वयकः अन्जु सोनी
८. कार्यकारी सदस्यहरूः
लाल बाबु साह
अंबिका यादव
जितेन्द्र सरोफ
पामी यादव
प्रमोद यादव
रञ्जिता यादव
बल्मीकि यादव
रञ्जित यादव
रोशनी राजभर
आदित्य साह
रमेश यादव
राकेश गुप्ता
राधा साह
महेश गुप्ता
रुणा झा
चन्दा यादव
शान्ति गुप्ता
अञ्जना यादव
नितु यादव
खुशबु यादव

समाजको हरेक क्षेत्रको विकास र सहयोगका लागि हामी सबै एकजुट हुँदै अघि बढ्नेछौं। हामी हाम्रो च्याप्टरको सदस्यहरूलाई सँगै मिलेर हाम्रो समाजलाई प्रगति र सशक्त बनाउन आग्रह गर्दछौं।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ