काठमाडौं । भारतीय दूतावास काठमाडौंले गोकर्ण फरेस्ट रिसोर्टमा २०२५ का लागि राजदूत आमन्त्रित गल्फ प्रतियोगिता आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख गोल्फरहरू र सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू र गल्फ उत्साहीहरूको उपस्थिति थियो ।
राजदूत नवीन श्रीवास्तवले पुरस्कार विजेताहरू र सबैको उत्साहजनक सहभागिताको प्रशंसा गरे ।
उनले यस्ता खेलकुद कार्यक्रमहरू मार्फत भारत र नेपालको सम्बन्धलाई बलियो बनाउने र नेपालको गल्फ समुदायलाई निरन्तर उत्प्रेरित गर्ने इच्छा व्यक्त गरे ।
नेपालको गल्फ समुदायमा युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्न, राजदूतले यस अवसरमा दुई आशाजनक गल्फरहरूलाई ने.रु. १,००,०००/– को चेक पनि प्रदान गरे ।
तपाईको प्रतिक्रिया