प्रहरीको नाममा रकम ठग्ने नक्क्ली घुमवा पक्राउ

समाचार

राकेश यादव, रौतहट । नक्क्ली घुमवा बनेर पैसा असली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका सदा पोषकको प्रहरी हँु भनेर धम्क्याउनेलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएका प्रहरीको टोलीले स्थानीय गरुडा नगरपालिका वडा नम्बर ८ बिर्ता निवासी शेख मनिफको छोरा ४४ वर्षीय शेख सदरे आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिएका छन् ।

पक्राउ परेका आलमले बिर्ता चौकमा प्रहरीको घुमवा हुँ भनी आफ्नो प्रयोगको लागि मलखाद लिएर जाने स्थानीय किसानलाई रोकर विभिन्न डरत्रास देखाई अवैध रुपमा पैसा लिने गरेको प्रहरीले दावी गरेको छ ।

प्रहरी चौकी विर्ताको टोलीले पक्राउ गरेको आलमलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धानको कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ