जनमत पार्टीको केन्द्रीय समिति बैठक बर्दिवासमा सुरु, यस्ता छन् एजेण्डाहरु

समाचार

महोत्तरी । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक जिल्लाको बर्दिवासमा सुरु भएको छ ।

जनमतका अध्यक्ष डा.राउतको अध्यक्षतामा आइतबारदेखि बर्दिवासस्थित पावन मिथिला पार्टी प्यालेसमा सुरु भएको बैठक दुई दिनसम्म चल्ने छ । सो बैठकमा महत्वपूर्ण निर्णयहरु हुने बताइएको छ ।

जनमतका प्रवक्ता डा.शरदसिंह यादवका अनुसार केन्द्रीय समितिको बैठकमा संगठनको सबलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, सघीयता कार्यान्वयन, र समान विचारधारा भएका पहिचानवादी पार्टीहरुसँग एकीकरणबारे निर्णयहरु गरिनेछ ।

बैठकमा जनमत पार्टीका केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ