विमानस्थलमा पूर्वराजालाई स्वागत गर्न ओर्लिए राजावादीहरु

समाचार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि उनका समर्थकहरु काठमाडौं विमानस्थलको मुख्य गेट अगाडि भेला भएका छन् ।

समर्थकहरुको भिड बढ्दै जान थालेपछि सुरक्षाकर्मीहरुको तैनाथी पनि बढाइएको छ । विमानस्थलको मुख्य गेट अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ ।

राजावादीहरु राष्ट्रिय झण्डा र पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो अंकित ब्यानरसहित भेला भएका छन् ।

उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल र ज्ञानेन्द्र शाह समर्थित विभिन्न संघसंस्थाहरु विमानस्थलको गेटसम्म पुगेका हुन् ।

राजावादीहरु विमानस्थलको गोल्डेन गेट अगाडिबाट स्वागत गरेर महाराजगञ्जस्थित निर्मल निवाससम्म नारा जुलुससहित पु¥याउने भनेर भेला भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ