सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन : कमल थापा

समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु नपर्ने धारणा राखेका छन् ।

राप्रपा नेपालका अध्यक्ष थापाले मंगलबार सामाजिकमा आफ्नो धारणा राख्दै भनेका छन्, ‘लोकतन्त्रको विकल्प राजतन्त्र होईन, हुनसक्दैन। त्यो सबैले बुझेका छन् ।’

उनले जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको बताउँदै जनताले लोकतन्त्रको विकल्प पनि खोजेको दाबी गरेका हुन् । उनले भने, ‘राजासहितको लोकतन्त्र खोजेको हो । लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो । मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो ।’

अध्यक्ष थापाले भनेका छन्, ‘राजासहितको प्रजातन्त्र बिश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन् । जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउंदा आत्तिनु पर्दैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ