कमल राज पौडेल देवकमल, बर्दिया । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔ महा–अभियानका अभियन्ता दुर्गा प्रसाईं यही चैत्र ०५ गते बर्दियाको सदरमुकाम गुलरिया आउन लागेका छन्।
राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि ६५ औं अञ्चल स्तरिय जनजागरण सभामा नागरिक बचाऔ महा–अभियानका अभियन्ता प्रसाईं गुलरिया आउन लागेका हुन्।
सेती, भेरी र राप्ती गरी तिन अञ्चलका लघुवित्तिय, बैंक, सहकारी र बिमा पीडितहरुको सहभागिता रहने आमसभालाई महा–अभियन्ता प्रसाईंले सम्बोधन गर्ने कुरा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔ महा–अभियान भेरी अञ्चल संयोजक साहादत गद्दीले जानकारी दिए ।
उनले महा–अभियानका अभियन्ता प्रसाईंलाई गुलरिया आएर पीडितहरुको पिडा सुनिदिनलाई निमन्त्रणा गरेको र सोही बमोजिम प्रसाईं गुलरिया आउन लागेको बताए ।
संयोजक साहादत गद्दीका अनुसार बाँके र बर्दियाको सिमाना मानखोला देखि महा–अभियन्ता प्रसाईंलाई करिब ५ सय मोटरसाईकलमा हजारौं जनताले स्कटिङ्ग गरेर जिल्लाको सदरमुकाम गुलरिया कार्यक्रम स्थलसम्म ल्याउने छन् । राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनामा आस्था राख्ने लगायत सम्पूर्ण पिडितहरूलाई यस कार्यक्रममा आईदिनुहुन समेत अनुराेध गरिन्छ ।
तपाईको प्रतिक्रिया