श्रीमद् भागवत पुराण ज्ञान महायज्ञ उद्घाटन

समाचार

विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले मैथिल ब्राह्मण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गरेका छन् ।

विराटनगरस्थित सिटी प्यालेसमा आयोजित सातदिने महायज्ञलाई प्रदेश प्रमुखले उद्घाटन गरेका हुन् ।

महायज्ञलाई आचार्य पण्डित श्री अभिषेक पाठकले पुराण वाचन गर्ने कार्यक्रम रहेको छ । उनले गर्ने कथावाचनले सकारात्मक ज्ञान बाँड्ने प्रदेश प्रमुखले बताए ।

कार्यक्रमको सहआयोजक मैथिल बाह्मण महसभा, महिला समिति तथा युवा समिति रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ