काठमाडौं । निजामती कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियन नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशनको तिथि सरेको छ ।
यसअघि २०८१ चैत्र ७–९ गतेसम्म जनकपुरधाममा सम्पन्न गर्ने गरी निर्धारित गरिएको महाधिवेशन मञ्च आवद्ध जिल्ला तथा विभागिय कार्य समितिहरुको अधिवेशन सम्पन्न हुन नसक्नु तथा आन्तरिक व्यवस्थापकीय तयारी नपुगेको कारण महाधिवेशन तिथि सरेको जनाइएको छ ।
चौथो महाधिवेशन सारिएको जानकारी मञ्चले मिति २०८१।११।२८ को परिपत्र मार्फत सरोकारीत सबैलाई गराइसकेको छ ।
यसरी सारिएको चौथो महाधिवेशन सम्पूर्ण आन्तरिक तयारी पुरा गरी मिति २०८२ बैसाख ५–७ गते जनकपुरधाममै सम्पन्न गर्ने समेत जानकारी गराएको छ ।
तपाईको प्रतिक्रिया