मधेशी आयोगले मनायो छैठौं वार्षिकोत्सव

समाचार

काठमाडौं । मधेशी आयोगले स्थापनाको छैठौं वार्षिकोत्सव मनाएको छ । बिहीबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित आयोगको वार्षिकोत्सवमा प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले मधेश यो देशको मुटु रहेको बताएकी छन् ।

मधेशमा अपार सम्भावनाहरु हुँदाहुँदै पनि सबभन्दा पछाडि परेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘म मधेशको कुनाकुनामा पुगेकी छु । मधेशमा विकास र समृद्धिका लागि अपार सम्भावनाहरु छन् । तर, राज्यले उचित व्यवस्थापन नगर्दा पछाडि प¥यो ।’

कार्यक्रममा निमित्त अध्यक्ष जिवछ साहले मधेशी आयोगले ६ वर्षको अवधिमा धेरै उपलब्धिहरु हासिल गरेको बताए । उनले आयोगले पञ्चवर्षीय रणनीतिक योजना तयार गरी कार्यान्वयनका लागि नेपाल सरकार समक्ष पेश गरेको बताए । आयोगले स्थापनाकालदेखि नै ‘नैतिकवान’ मधेश र सशक्त नैतिक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

मधेशी समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्बद्र्धन तथा मधेशी समुदायको सशक्तिकरण गर्नु नै यस आयोगको मुख्य उद्देश्य रहेको जनाएको छ । नेपालको पूर्वदेखि पश्चिम, दक्षिणी भूभागमा अवस्थित मधेशका बासिन्दाको हकहितका लागि तत्परताका साथ काम गर्ने सहयोगी संस्था मधेशी आयोग हो ।

मधेशी समुदायको कानूनी, नीतिगत र संस्थागत सुधार, मधेशी समुदायको सशक्तिकरण, हकहितको संरक्षण, मधेशी समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयन, आर्थिक र सामाजिक सशक्तिकरण आयोगको प्रमुख कार्य रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ