मधेशी आयोगका अध्यक्ष डा.दत्तको अवकाश

समाचार

काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त आफ्नो ६ वर्षको कार्यकाल समाप्त गरी पदबाट अवकाश लिई विदा भएका छन् ।

नेपालको संविधान २०७२ जारी भएपछी मधेशी आयोगका प्रथम अध्यक्ष रुपमा डा.दत्तले २०७५ साल चैत्र ७ गते संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिएका थिए ।

अध्यक्ष डा. दत्तको नेतृत्वमा आयोगले शुन्य बेरुजु कायम गरी पुरष्कृत भएको, जनक दर्शन, आयोगको ६ वर्षको अवसर र चुनौती, मधेशी समुदायको राज्यमा पहुँच जस्ता दर्जनौ प्रकाशन, संवैधानिक तबरबाट मधेशी को हुन् भन्ने पहिचान गरी मधेशी समुदायको थर सूचीकरण, नश्लीय दुव्र्यवहारका घटनाहरु माथि यथाशिघ्र कारवाही जस्ता महत्वपूर्ण कामहरु भएको डा.दत्तले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ