रौतहटमा एक परीक्षा निरीक्षकसहित २ जना पक्राउ, ४२४ थान मोबाइल सेट बारामद

समाचार

राकेश यादव, रौतहट । जिल्लाको विभिन्न परीक्षा केन्द्रबाट पहिलो दिन ४ सय भन्दा बढी मोबाइल फोन बरामद भएको छ।

देशभरि बिहीबारदेखि संचालन भएको माध्यमिक शिक्षा परीक्षा एसइइको पहिलो दिन चिट चोर्ने उद्देश्यले शरीरमा लुकाएर परीक्षा हलमा लागिएको अवस्थामा चेकजाँच गर्ने क्रममा ४ सय २४ थान मोबाइल फोन फेला पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

परीक्षालाई मर्यादित बनाउनुको साटो पैसा लिएर मोबाइल दिने कार्यमा संलग्न भएको आरोपमा २ जना पक्राउ परेको प्रहरी उपरिक्षक दिलिप घिमिरेले बताएका छन्।

जिल्लाको यमुनामाई गाउपालिका वडा नम्बर ५ झुनखुन्बामा रहेको यमुनामाई माध्यमिक बिद्यालय परीक्षा केन्द्रबाट पैसा लिएर परीक्षा हलमा मोबाइल पुर्याउने १ जना परीक्षा निरिक्षक तथा मौलापुर नगरपालिका वडा नम्बर ५ मा रहेको लक्ष्मीनिया माध्यमिक बिद्यालय परीक्षा केन्द्र बाट चिट चोर्ने कार्यमा सहयोग गर्ने आरोपमा १ जनालाइ पक्राउ गरिएको उहाले जनाए।

पक्राउ परेका दुवै जना माथि परीक्षाको मर्यादा भङ्ग गर्ने कसुरमा मुद्दा दर्ता गरी कानुनी कार्यवाही अगाडी बढाईएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ