जयकृष्ण गोइतले परिवर्तन गरे संगठनको नाम

समाचार

काठमाडौं । स्वतन्त्र तराई राष्ट्र राज्यका लागि सशस्त्र भूमिगत विद्रोह गर्दै आएका जयकृष्ण गोइतले आफ्नो जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को नाम परिवर्तन गरेका छन् ।

मोर्चाका केन्द्रीय अध्यक्ष गोइतले शनिबार एक विज्ञप्ति जारी गरी संगठनको नाम परिवर्तन गरी ‘फ्रि लैण्ड लिवरेशन फ्रन्ट’ नामाकरण गरेका हुन् ।

करिब दुई दशकदेखि गोइतले स्वतन्त्र तराई राष्ट्रका लागि भूमिगत भई सशस्त्र संघर्ष गर्दै आएका छन् । तराई–मधेशका दर्जनौं सशस्त्र भूमिगत संगठनहरु नेपाल सरकारसँग वार्ता गरी सम्झौता गरिसकेका छन् ।

तर, गोइत नेतृत्वको भूमिगत संगठनले सरकारसँग वार्तामा आइरहेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ