बर्दिया । जिल्लास्तरीय संयुक्त राष्ट्रवादी जनआन्दोलन परिचालन समिति बर्दिया गठन भएको छ ।
पृथ्वी विचारक अभियन्ता कमलराज पौडेल देवकमलको संयोजकत्वमा ५१ सदस्यीय बर्दिया जिल्लास्तरीय परिचालन समिति गठन भएको हो ।
गठित समितिले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि बर्दिया जिल्लामा जनविद्रोह गर्ने संयोजक देवकमलले जानकारी दिएका छन् ।
राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔं महाअभियान, शिव सेना नेपाल, बजरंग दल, विश्व हिन्दी परिषद्, श्रीकृष्ण प्रणामी लगायत १८ धार्मिक संघसंस्थाहरु मिलेर देवकमलको संयोजकत्वमा समिति गठन भएको छ ।
संयोजक देवकमल पृथ्वी विचार अभियन्ता, पृथ्वी पुरस्कार बिजेता, शाहीकालीन गुलरिया नगरपालिकाको उपप्रमुख लामो समयदेखि राजसंस्था र हिन्दूराज्य पुनस्र्थापना हुनुपर्छ भन्दै आन्दोलन गर्ने बर्दिया जिल्लाको एउटा जल्दोबल्दो राष्ट्रवादी युवा हुन् ।
तपाईको प्रतिक्रिया