नेवा राष्ट्रले सशक्त प्रतिकार गर्छ : नेवाः राष्ट्रिय परिषद (विज्ञप्तिसहित)

समाचार

काठमाडौं । शुक्रबार राजावादीहरुले गरेको प्रदर्शनको क्रममा भएको अराजकतालाई उग्रभड्काउको संज्ञा दिँदै नेपाः राष्ट्रिय परिषद्ले सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ ।

नेवाः राष्ट्रिय परिषद्का सुमन सायमी र रविन्द्र श्रेष्ठको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हिजो राजतन्त्रवादीहरुले नेपाः मण्डलको तीनकुनेमा गरेको प्रदर्शनीमा नियोजित रुपमा नेवा राष्ट्रका दुई जना सविन महर्जन र सुरेश रजकलाई वलीको बोको बनाएर हत्या गरेको तथा नेवाः राष्ट्रका प्रेमलाल श्रेष्ठ लगायतका जनताहरूको सम्पति तोडफोड तथा आगजनी गरेको तथा राजतन्त्रवादीहरूले उग्रभड्काउको लागि उपयोग गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ