वित्तीय पीडितको आन्दोलनमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता

समाचार

काठमाडौं । वित्तीय पीडितहरुको आन्दोलनमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले ऐक्यबद्धता जनाएको छ ।

वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आह्वानमा विभिन्न अभियानी संघ संस्थाहरूको आइतबारदेखि शुरू भएको शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनले सहकारी पीडित, लघुवित्तबाट ठगिएका गरिब जनता, बैंकिङ धोखाधडीका शिकार परिवार एवं अन्यायको आगोमा जलिरहेका सम्पूर्ण वित्तीय पीडितहरूको आवाज बन्ने महतोले विश्वास व्यक्त गरेका हुन् ।

राष्ट्रिय मुक्ति पार्टी, नेपालको पहिलो केन्द्रीय समिति बैठकले सहकारी पीडित, वित्तीय तथा लघुवित्त पीडित, बैंक पीडित लगायतका विभिन्न खाले वित्तीय शोषणविरुद्ध न्यायपूर्ण संघर्षलाई अगाडि बढाउने निर्णय गरे बमोजिम वित्तीय पिडीतहरुको यस ऐतिहासिक संघर्षमा आफ्नो पनि एक्यबद्धता रहेको उनले जनाए ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार र आयोजक संस्थाहरूबीच समय–समयमा भएका सम्झौताहरू हालसम्म पनि कार्यान्वयन नभएको र सरकारले आलटाल गर्दै पिडीतलाई झनै पिडीत बनाउने गतिविधिविरुध काठमाडौंमा दबाबको निम्ति आयोजना गरिने शान्तिपूर्ण आन्दोलनमा हाम्रो ऐक्यबद्धता रहको छ ।’

“सम्झौताको खाली ढिंडो होइन, न्यायको आग्रह हो!“ सरकारले गत वर्षदेखि गरेका वाचाहरू आजसम्म पनि पुरा नगरेका हुँदा नै सरकार प्रति नागरिकको बिश्वास कम हुँदै गएको हो । पीडितहरूको आँसु र रगतले सिँचिएको यो संघर्ष अब “अलपत्र विश्वास“ को राजनीतिलाई चुनौती दिनेछ । अब, पार्टीका जिम्मेवार कार्यकर्ताहरु फिब्बः ख्यः (माइतिघर मण्डला) लगायत तय भएबमोजिमको संघर्षमा सहभागिता जनाउने छ ।

यो नेपालको गरिब जनताको आर्थिक न्यायको लडाइँ हो । न्याय, समानता र आर्थिक शोषणको अन्त्यका लागि हुने यस संघर्षमा सम्पूर्ण नागरिक समाज, अभियानी समूह तथा पीडित वर्ग एकजुट भई आन्दोलनलाई सफल र परिणाममुखी बनाउन उनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ