मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार

कपिलवस्तु । कृष्णनगर नगरपालिका–१० अमौलीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

सोही नगरपालिका–१० अमौली बस्ने राजेश यादवकी छोरी ४ वर्षीया ईन्दु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ