जनकपुरधाम । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले तीनवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।
प्रदेश प्रमुख भण्डारीले मधेशमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बालअधिकार सम्बन्धी ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता सत्रुधन यादवले नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको जानकारी दिएका हुन् ।
मधेश प्रदेश सभाबाट तीन वटै विधेयक केही समय अगाडी पारित भएका थिए । प्रदेश सभाबाट पास भएका विधेयकहरू प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने संवैधानिक व्यवस्था रहेको छ ।
तपाईको प्रतिक्रिया