स्टार्टअप महाकुम्भमा नेपाल कक्षको उद्घाटन

समाचार

काठमाडौं । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावर र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले संयुक्त रूपमा स्टार्टअप महाकुम्भमा नेपाल कक्षको उद्घाटन गरेका छन् ।

भारत सरकारको उद्योग प्रवद्र्धन र आन्तरिक व्यापार विभागको सहयोगमा स्थापित नेपाल कक्षमा अन्तरिक्ष, सूचना प्रविधि (आईटी), कृत्रिम बुद्धिमत्ता (एआई), जलवायु प्रविधि, शिक्षा प्रविधि (एडटेक) देखि कृषि प्रशोधनसम्मका विभिन्न क्षेत्रका १९ नेपाली स्टार्टअपहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गरिरहेका छन् ।

कार्यक्रममा सहभागी हुनका लागि १० युवा नेपाली स्टार्टअप संस्थापकहरूलाई भारतस्थित नेपाली दूतावासले सहयोग गरेको थियो ।

तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमले नेपाली स्टार्टअपहरूलाई भारतीय स्टार्टअप इकोसिस्टमसँग जोडिने अवसर प्रदान गरेको भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको छ ।

दूतावासका अनुसार सो कार्यक्रमले नेपाल र भारतका स्टार्टअपहरुबीच सहकार्यको नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ