वीरगंज । हनुमान जयन्तीको अवसरमा शनिबार वीरगञ्जमा आयोजित शोभा यात्राका क्रममा भएको झडपपछि उत्पन्न विवादलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेको छ ।
प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको सर्वपक्षीय बैठकले दोषीमाथि कारबाही, घाइतेको उपचार, धार्मिक सद्भाव कायम राख्ने, हतियार प्रदर्शन निषेध गर्ने र धार्मिक संस्थाहरूको अनुगमन गर्ने जस्ता विषयमा सहमति भएको छ ।
बैठकले दोषीमाथि कारबाहीः हनुमान जयन्तीका दिन (चैत ३० गते) शोभायात्रामा भएको अप्रिय घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानुनी प्रक्रिया अनुसार आवश्यक कारबाही गर्ने, सबै पक्षले आपसी धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने साथै, अनुसन्धान तथा कानुनी प्रक्रियामा पूर्ण सहयोग पु¥याउने, घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने, घटनाबाट भएको क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने, धार्मिक, साँस्कृतिक र जातीय कार्यक्रममा हतियार प्रदर्शन पूर्णतः निषेध गर्ने, यस्ता कार्य भएमा दोषीलाई कानुनी दायरामा ल्याउने,र पर्सा जिल्लामा क्रियाशील सबै धार्मिक संस्था तथा तिनीहरूले सञ्चालन गरेका विद्यालय, मदरसा आदिको सूक्ष्म अनुगमन गरि अनियमितता भेटिएमा आवश्यक कारबाही गरिने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया