शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न

समाचार

राकेश यादव, रौतहट । लोकतान्त्रिक पत्रकार संघ रौतहटको आयोजनामा सोमबार गरुडामा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ वर्ष २०८२ को अवसरमा आयोजना गरिएको शुभकामना अदान प्रदान कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य राम प्रवेश दासले संचारकर्मी समाजको ऐना भएको बताएका हुन् । उनले संचारको भूमिका राष्ट्र निर्माण गणतन्त्र स्थापनामा ठूलो रहेको जिकिर गरे ।

अवाजविहीनको आवाज भनेर देशको चौथो अंगको रुपमा चित्रण गरिएको संचार जगतलाई बलियो बनाउन र व्यवस्थित गर्न संचार क्षेत्रमा आवद्ध रहेका सन्चारकर्मीलाई अघि बढ्नु पर्ने धारणा राखे ।

केन्द्रीय सदस्य दासले पार्टीको वर्गीय संगठनको रुपमा स्थापना गरिएको लोकतान्त्रिक पत्रकार संघले समाज, जनता, राष्ट्र, राष्ट्रियता, संघीयता, लोकतन्त्र गणतन्त्रको पक्षमा निडर भएर कलम चलाउन आग्रह गरे ।

समाजमा कायम रहेको बेथिति, विसंगतिको विरुद्धमा कलम चलाएर समतामूलक समाज निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न जोड दिए ।

लोकतान्त्रिक पत्रकार संघ रौतहटको संयोजक राजु श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय शिक्षक मन्च रौतहटका उपाध्यक्ष अरुण कुमार सिंह, नेपाल पत्रकार महासंघका महिला उपाध्यक्ष बिना राउत, श्रमजीबी पत्रकार संघ नेपालका उपाध्यक्ष राकेश कुमार यादव, बज्जिका पत्रकार संघका अध्यक्ष राजेश्वरनाथ पाण्डेय, राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष राजेश पासवान, प्रेस मन्च नेपालका प्रतिनिधि आर.एन. पटेल, नेपाल विश्व कर्मा लोहार संघका विवेक शर्माले शुभकामना मन्तव्य राखेका थिए ।

वक्ताहरुले रौतहट जिल्लामा विगतमा देखिएका सन्चारकर्मी प्रतिको वितृष्णा हटाएर व्यावसायिक पत्रकारिताको विकास गर्ने तर्फ लोकतान्त्रिक पत्रकार संघलाइ भूमिका निर्वाह गर्नु पर्ने जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ