राजविराज । राष्ट्रसेविका नेपालले नव वर्ष २०८२ सालको उपलक्ष्यमा सप्तरी जिल्लाको गजेन्द्र चौकमा सोमबार साँझ नेपालको नक्सा बनाई दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
राष्ट्रसेविका सप्तरी सम्पर्क प्रमुख सुनिता साहको अध्यक्षता तथा भुमि समस्या समाधान आयोगका सदस्य अनवर अलि एवम् विशिष्ट अतिथि जंग बहादुर सिंह, लोकेन्द्र झा,प्रयाग लाल यादव, मुरलि मनोहर चौधरी, हिन्दु स्वंयम सेवक नगर संचालक हरिनारायण साह लगायतका अन्य महिला, युवा गन्य मान्य व्यक्तिहरुको सहभागीमा दिप प्रज्जवलन गरि २०८२ नव वर्ष को आगमन गरिएको हो ।
उक्त कार्यक्रममा सहभागीहरुले आफ्नो संस्कृतिलाई बचाउनु पर्नेमा जोड दिँदै विभिन्न प्रकारका पश्चिमा विकृती सभ्यतालाई अहिलेको युवा–युवतिले जोड दिइरहेको हुनाले अन्याय, हिंसा, अपराध र बलात्कार जस्तो जघन्य अपराधहरु बढ्न थालेको बताएका छन् ।
‘विकृतिलाई रोक्न अब एउटै मात्रै विकल्प छ संस्कृति, संस्कारमा जोड दिनुपर्छ अध्यारोमा बत्तीको प्रज्वलन गरेर प्रकाशले उज्यालोमै पार्नुपर्छ र नव वर्ष मनाउँदा पनि हामी होटल, रेस्टुरेन्टमा पिकनिक गर्नुभन्दा राष्ट्रप्रतिको सम्मान गर्नु जरुरी छ त्यसैले संस्कार र संस्कृति हाम्रो राष्ट्रको प्राण हुन्,’ सुनिता साहले भनिन् ।
तपाईको प्रतिक्रिया