राकेश यादव, रौतहट । जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर १ गंगा पिपरामा निर्वाचित वडा अध्यक्षले वर्षौंदेखि भोग चलनमा रहेको जग्गा बल प्रयोग गरी आफ्नो नजिकको व्यक्तिलाई कब्जा गराउन लागेको घटना बाहिरिएको छ ।
दोस्रो कार्यकालका लागि स्थानीय तहको निर्वाचनमा जितेका वडा अध्यक्ष प्रधुमन चौधरीले बाजे बुबाको पालादेखि नै भोग चलनमा रहेको ५ धुर जग्गा बलपूर्वक सत्ताको दुरुपयोग गरी अरुलाई कब्जा गराउन लागेको पीडित प्रभु महतोले आरोप लगाएका छन् ।
सर्बे नापी हुनुभन्दा पहिला नै बाजेले सो जग्गा खरिद गरी सबैलाई पानी खाने उद्देश्यले इनार खनाएको उल्लेख गर्दै सो इनार माटोले पुरिए पछि जग्गा भोग गर्दै आएकोमा वडा अध्यक्ष चौधरी आफ्नो पक्षको तेज नारायण महतोलाइ कब्जा गराउन लागेको दावी गरे।
तेज नारायण महतोको जग्गा देखि टासिएर घर भएको र मेरो आउने जाने बाटो समेत भएकोमा बाटो निकास बन्द गराउन वाल निर्माण गराएको पिडितको भनाइ रहेको छ।
बाटो थुन्ने काम गरेकोले निकासको व्यवस्थापन गराई निर्माण कार्य रोक्का राख्नको लागि न्यायिक समितिमा उजुरी दिएको सुनाउदै पिडित महतोले न्यायिक समिति बाट चैत्र २९ गते निर्माण कार्य रोक्का गर्न ईलाका प्रहरी कार्यालय र वडा कार्यालय समेतमा पत्राचार गरिएकोमा सोको कुनै वास्ता नगरी वडा अध्यक्ष चौधरीले बल पुर्बक बर्षौ देखि भोग गर्दै आएको जग्गा खाली गराएको उल्लेख गरे।
सर्बे नापीमा सो जग्गा ऐलानी उल्लेख भएपनि भोगमा रहेको महतोको जिकिर रहेको छ। वडा अध्यक्ष चौधरी, प्रदेश सभा सदस्य प्रत्यासी राजेश चौधरी, मनोज चौधरी, अनिरुद्ध चौधरी, विनय चौधरी लगायतले आइ जग्गामा भएको हैन्ड पाइप, शौचालय समेत तोडी फाल्न लाग्दा बिरोध गर्दा हातपात समेत गरेको सोनफि महतोले बताए।
सार्बजनिक जग्गा मेरो अधिकार क्षेत्र भित्र रहेकोले खाली गराउन लागेको वडा अध्यक्षले भनेको उहाले सुनाए।
सार्बजनिक बाटो च्यापेर आफैले बनाएको घर पहिला भत्काएर आउनु भन्दा वडा अध्यक्ष चौधरी दुरव्यवहार समेत गरेको सोनफी महतोको आरोप रहेको छ।
गाउमा धेरै ठाउमा सार्बजनिक जग्गा रहेकोले सबै खालि गराए हामीले पनि सो जग्गा छोड्ने असर्फी महतो र भोजिन्द्र महतोको अडान रहेको छ।
वडा अध्यक्ष चौधरी भ्रस्टाचारमा लिप्त रहेको र पैसाको लोभमा परेर यस्तो गरिरहेको हुद्दा प्रतिकार गर्ने चेतावनी पिडितहरुको रहेको छ।
स्थानीय शम्भु महतोले भोट नदिएको कारण चौधरीले अन्याय गर्न लागेको टिप्पणी गरे। उहाले जसले बोट दिएको छ उसलाई आर्थिक लाभ दिने र लिने चौधरीको बानी रहेको दावी समेत गरे।
अगाडी सार्वजनिक जग्गा र पछाडी निजी जग्गा र त्यसको पछाडी प्रभु महतो, सोनफी महतो, असर्फी महतोको खपडाको घर रहेकोले तेज नारायण महतोले कम्पाउण्ड वाल लगाए पछि आवत जावत गर्ने निकास नै अबरुद्ध हुने भएकोले बाटोको निकास तथा सार्बजनिक जग्गाको संरक्षण गर्ने तर्फ गाउपालिकाले निर्णयाक भूमिका निर्वाह गर्नु पर्ने देखिन्छ।
तपाईको प्रतिक्रिया