कपिलवस्तु । बुद्धभूमी नगरपालिका–१ टिक्करस्थित सडकमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
लु.४ त ७८४७ नम्बरको ट्याक्टर र लु.८ प २४६२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ टिक्कर बस्ने ६० वर्षीय गौतम केसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राम बुटवल रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया