काठमाडौं । जनमत पार्टीले आन्दोलनरत् शिक्षकहरुसँग तत्काल वार्ता गरी न्यायोचित मागहरु पूरा गर्न नेपाल सरकारसँग माग गरेको छ ।
जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गरी आन्दोलनरत् शिक्षकहरुको न्यायोचित मागहरु सम्बोधन गर्दै शिक्षा ऐनसमेत जारी गर्न सरकारसँग माग गरेका हुन् ।
प्रवक्ता डा.यादवले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारको शिक्षा नीति, ऐन, कानून र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्योलता अन्त्य गर्नुपर्ने आवश्यकता देखिन्छ ।’
नेपाल शिक्षक महासंघले गत माघ २१ गतेदेखि काठमाडौंकेन्द्रित शैक्षिक सडक आन्दोलन गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया