काठमाडौं । तराई–मधेश लोकतान्त्रिक पार्टीको भ्रातृ संगठन ‘तराई–मधेश महिला संघको केन्द्रीय तदर्थ समिति गठन भएको छ ।
तमलोपा अध्यक्ष वृषेश चन्द्र लालले आइतबार एक सूचना जारी गर्दै बिन्दु ठाकुरको अध्यक्षतामा तराई–मधेश महिला संघको २१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन भएको जनाएका छन् ।
महिला संघको सचिवमा सुनिता वर्मा र कोषाध्यक्षमा राधिका देवी रहेका छन् ।
यसैगरी, सदस्यहरुमा बिभा ठाकुर, बिमला साह, पुनम झा, निर्मला झा, रामकुमारी बिन, अञ्जना दत्त, रागिनी देवी कर्ण, चन्द्रकला राउत, मञ्जु यादव, अनिता महरा, सुनिता कर्ण, निर्मला सिंह, पिंकी पण्डित, रेखा बैठा, ललिता देवी, रिंकी कुमारी पासवान, रुन्टी साह र मेघा कुमारी रहेका छन् ।
तपाईको प्रतिक्रिया