दुहबीमा आगलागीबाट ५० लाखभन्दा बढीको धनमाल जलेर नष्ट

समाचार

सुनसरी । जिल्लाको दुहवी नगरपालिका–३ स्थित गिरधारी फुड्स ईन्डष्ट्रिजमा आगलागी हुँदा ५० लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

फुड्स इन्डष्ट्रिजमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको हो ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रण लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ