पहलगामको आतंकवादी आक्रमण घोर निन्दनीय : त्रिपाठी

समाचार

काठमाडौं । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले भारतको जम्मु काश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको घोर निन्दा गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका जप्रपाका अध्यक्ष त्रिपाठीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् निन्दा गरेका हुन् ।

त्रिपाठीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भारतको जम्मु काश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जनता प्रगतिशील पार्टी नेपाल घोर निन्दा गर्दछ ।’

जम्मु कश्मीरको पहलगामा मंगलबार आतंककारीले आक्रमण गर्दा एक नेपाली नागरिकसहित २७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ